प्रेस विज्ञप्ती

काठमाडौं, २०७६ भदौ २२ गते ।

हिरोका २ नयाँ प्रिमियम मोटरसाइकलहरु– ‘एक्स्पल्स २००टि’ र ‘एक्स्ट्रिम २००एस’ सहित  रेट्रो स्टाइलको नयाँ ‘प्लेजर प्लस’ स्कूटरको बिक्री सुरु ।

हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले आफ्नो नयाँ उत्पादन प्रिमियम मोटरसाइकलहरु– एक्स्पल्स २००टि र दि स्पोर्टी एक्स्ट्रिम २००एस र रेट्रो स्टाइलका नयाँ प्लेजर प्लस स्कूटरको बिक्री सुरु गरेको छ ।

सबै तीनवटा उत्पादनहरुको बजार मुल्य एक्स्पल्स २००टि को रु. ३३,२००० र एक्स्ट्रिम २००एस को रु. ३,२२०००  तथा प्लेजर प्लस को रु. १,८६,००० कायम गरिएको छ । यी उत्पादनहरु देशभर रहेका हिरो मोटरकर्पका सम्पूर्ण डिलरहरुकहाँ उपलब्ध हुनेछन् ।

हिरो मोटरकर्पबाट प्रस्तुत नयाँ शृँखलाका विविध उत्पादनहरुले ग्राहकहरुमाझ आधुनिक डिजाइन, सर्वश्रेष्ठ प्रविधि र सबैभन्दा अलग बनौटका उत्पादनहरु प्रस्तुत गर्ने कम्पनीको मजबुत लक्ष्यलाई प्रतिबिम्बित गरेको छ ।

एक्स्पल्स २००टि

रोमाञ्चक उत्पादनहरु उपलब्ध गराउने क्रममा अझ धेरै उर्जाका साथ पेश गरिएको एक्स्पल्स २००टि एक यात्रादायी मोटरसाइकल हो जसले रेट्रो स्टाइलमा आधुनिक प्रविधि प्रस्तुत गर्दछ । भ्रमणमा जान रुचाउने युवा पुस्ताहरु लक्षित गरि निर्माण गरिएको एक्स्पल्स २००टि आधुनिक रेट्रो संरचना र सवारी सहजताको सही संयोजन खोजिरहेका युवाहरुको लागि सटिक मोटरसाइकल हुनेछ ।

एक्स्पल्स २०० टि मा २०० सिसि सिभि कार्बुरेटर इन्जिन जडान गरिएको छ जसले १८.४ पिएस शक्ति र १७.१ एनएम टर्क प्रदान गर्ने क्षमता राख्दछ । यो मोटरसाइकल सुरक्षा र सुविधाजनक गुणका विशेषताहरुले भरिएको । जसमा एकल च्यानल एबिएस, मोड मोडको परिचालन, एलइडि हेड ल्याम्प र टेल ल्याम्प, ब्लुटूथ सहितको डिजिटल गति सूचक यन्त्र, टाइ प्यवाइन्टहरुयुक्त ठूलो आसन र रबर प्याडहरुको साथमा सामान राख्ने प्लेट रहेका छन् ।

एक्स्पल्स २०० टि चकलेटी चमकदार रातो, कालो, हल्का सिल्ड सुनौलो र हल्का एक्सिस कैलो गरी ४ विविध रङ्गहरुमा उपलब्ध छ ।

एक्स्ट्रिम २०० एस

एक्स्ट्रिम ब्राण्डका पहिलो खण्डका विशेषताहरु बढाउँदै र अझ स्पोर्टी बनावट थप गरिएको नै नयाँ एक्स्ट्रिम २०० एस हो ।

एक्स्ट्रिम २०० एस हाइवेहरुमा हावाबाट राम्रो सुरक्षण दिने र स्पोर्टी स्थितिका लागि वायुको दवाब कम गर्ने सम्पूर्ण–नयाँ एरोडायनामिकका साथ बनेको छ ।

एक्स्ट्रिम २०० एस १८.४ पिएस शक्ति र १७.१ एनएम टर्क प्रदान गर्ने क्षमतायुक्त २०० सिसिको एयर कुल्ड इन्जिन जडित छ । मोटरसाइल सवार गर्नेलाई एक असाधारण प्रदर्शन प्रदान गर्न यो बाइक एकदम उपयुक्त सवारी एर्गोनोमिक्सका साथ पेश भएको छ । यसका अतिरिक्त यसमा ७ तहको मोनो–शक सस्पेन्सन समायोजन गरिएको छ जसमा सर्वश्रेष्ठ सवारी ह्याण्डलिङ, थप सुरक्षाको लागि एकल च्यानल एबिएसयुक्त २७६ मिमिको अग्र डिस्क र २२० मिमिको पछाडीको ब्रेक प्रणाली रहेका छन् ।

मोटरसाइकलको स्पोर्टी बनौटमा रौनक थप गर्न यो बाइक स्पोर्टस् रातो, मुगिला खैरो, र प्यान्थर कालो उत्तेजनापूर्ण रङ्गहरुमा उपलब्ध छ ।

प्लेजर प्लस ११०

नयाँ प्लेजर प्लस ११० मा रेट्रो डिजाइन र पर्फरमेन्ससहितको शक्तिशाली प्रभावकारी शक्तियुक्त छ । यस स्कूटरमा जडान गरिएको नयाँ ११० सिसि इन्जिन जसले ७५०० आरपिएममा ८ बिएचपिको शक्ति प्रदान गर्ने क्षमता राख्दछ । यसका अलावा स्कूटरले ५५०० आरपिएममा ८.७ एनएमको अधिकतम असरदार टर्क प्रदान गर्दछ, जसले १०१ केजीको वजनलाई संयोजन गर्दै यात्रालाई मनोरन्जक बनाइदिन्छ ।

प्लेजर प्लस ११० मा डिजाइन तत्वहरु जस्तै नयाँ रेट्रो फ्रन्ट, स्लीक रियर पुच्छर बत्ती, र दोहोरो विन्यास सिटसहित आधुनिक र पुरातन बनावटको सही सन्तुलन पाउन सकिन्छ ।

चालकको सुविधा र सुरक्षालाई मध्यनजर राखेर स्कूटरमा युएसबि चार्जरलाई अग्रभागको खल्ती नजिकै सजिलै भेटिने गरी राखिएको छ भनें यसमा एलइडि बूट बत्ती, एकीकृत ब्रेक लगाउने प्रणाली र इन्धन तथा साइड स्ट्याण्ड संकेतकसहित नयाँ ब्याकलिट गतिसूचक यन्त्र जस्ता विशेषताहरु विद्यमान छन् ।

प्लेजर प्लस ११० २ किसिममा पाउन सकिन्छ– सीट धातुको चक्का( रङ्गका छनौटहरुः चम्किलो कालो, चम्किलो नीलो, चम्किलो सेतो र चम्किलो रातोमा उपलब्ध छ ।