Traffic Safety CD 2014मिति – २०७१-०५-०७

नेपाल अधिराज्यको लागी हिरो मोटरसाईकल तथा स्कूटरको आधिकारीक विक्रेता श्री नेपाल जेनरल मार्केटिङ्ग प्रा. लि., ज्योति भवन, कान्तिपथ, काठमाडौंले नेपाल प्रहरी, ट्राफिक व्यवस्थापन महाशाखा अन्तर्गत ट्राफिक प्रभाग, दरवारमार्गसगँ सहकार्य गरि तयार गरेको ट्राफिक जनचेतना सम्बन्धि भिडियो भएको सिडी यहि मिति २०७१/०५/०७ गतेका दिन एक समारोह आयोजना गरि करिब १००० विभिन्न व्यक्तिहरुको समुपस्थितिमा राष्ट्रिय नाचघर, जमलमा महानगरीय ट्राफिक प्रहरी विभागका DIG श्री केशव प्रसाद अधिकारी ज्यूले विमोचन गर्नुभयो । यसरी विमोचन भएको सिडी ५००० प्रति कम्पनिले निःशुल्क बनाई नेपाल अधिराज्य भर छरिएर रहेको स्कूल-कलेजमा रहेका विधार्थी भाईवहिनीमा ट्राफिक सम्बन्धि जनचेतना हासिल गर्न सकोस् भन्ने उदेश्यले निःशुल्क उपलब्ध गराउने कम्पनिले जानकारी दिएको छ । साथै यो सिडी वितरण पश्चात यस्लाई हेर्नुहुने आमजन्ता, विधार्थी भाईवहिनी तथा पेशागत रुपमा सवारी चलाउनुहुने आम व्यक्तिहरुबाट ट्राफिक सम्बन्धि जनचेतना भई दुर्घटना न्यूनकरण गर्नमा सहयोग हुने विश्वास लिएको छ ।