the-new-heroes-in-town-मिति – १८-०५-२०७१

नेपाल अधिराज्यको लागि हिरो मोटरसाइकल तथा स्कुटरका आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ  प्रा. लि., ज्योति भवनले युवावर्गलाई लक्षित गरि एकैपल्ट ५ वटा नयाँ मोडल बजारमा ल्याएको छ । ति मोडलहरु, Kazima R, Karizma ZMR, Xtreme Sports, Passion Pro TR र Splendor Pro Classic हुन ।

उक्त मोडलहरु आजबाट सुरु भएको ५ दिने नाडा अटो सो मा एक समारोहका बिच हिरो मोटरकर्पबाट आउनुभएका पाहुनाको बिच लन्चिङ्ग गरिएको छ । यसरी नेपाली बजारमा ल्याएको Karizma R र Karizma ZMR यस अघि आइसकेता पनि हाल बजारमा प्रस्तुत भएका ति मोडलमा धेरै थप नयाँ बिशेषताहरुका साथ पुरै नयाँ sporty स्वरुपमा प्रस्तुत गरिएको जानकारी कम्पनिले दिएको छ । हाल यीनकोे मुल्य Karizma R मा रु. २,५९,०००  र Karizma ZMR मा रु. ३,२०,००० तोकिएको छ । यसका नयाँ स्वरुप र यसमा भएको विशेषताहरुले यी मोडलहरु मोटरसाईकलका पारखी नेपाली युवाहरु माझ लोकप्रिय हुने दावी कम्पनिले गरेको छ ।

यस्तै अर्को ३ मोडल मध्ये Xtreme Sports पनि यूवाहरुलाई नै लक्षित गरि ल्याइएको र यसको ईन्जिन प्रविधिमा परिवर्तन गरि अझ शक्तिशाली बनाइएको छ भने यसको अगाडिको हेडलाइटको भाग र टंकीको बनावटलाई अझ आकर्षक स्पोर्टि लुक्स दिइएको छ । कम्पनीले जानकारी दिए अनुसार १५० सि. सि. सेग्मेन्टमा बजारमा पाइने अन्य मोडल भन्दा यो नयाँ Xtreme Sports ले बजार पाउने दावी कम्पनीले गरेको छ  ।

बाँकी दुई मोडल मध्ये Passion Pro TR, जुन १०० सि.सि. को हुनुका साथै High Front Fender, Knee Pad, Knuckle Guard र Headlight Grill जस्ता नयाँ बिशेषताका कारण कच्ची बाटो धेरै प्रयोग गर्नु पर्ने ग्रामिण क्षेत्रहरुमा प्रयोग गर्न सुहाउदो छ भने, यो मोडलको मूल्य रु. १,६४,००० तोकिएको छ ।

त्यसै गरि १०० सि. सि. कै अर्को मोडल Splendor Pro Classic पनि माईलेजका हिसाबले अति उपयुक्त हुनुका साथै स्टाइलिस समेत रहेको छ ।

हिरोका सबै नया मोडलहरुले उपभोक्ता ग्राहकहरुको मन जित्न सक्ने कुरामा कम्पनी सकारात्मक छ  ।