Sarwatra Servisam 2014मिति- २०७०-०९-०९

नेपालको लागी हिरो मोटरसाईकलको आधिकारीक विक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लि. ले शहरमा आई सर्भिस सुविधा लिन नभ्याउने, आफ्नो सर्भिस सेन्टर भन्दा अलि टाढा बस्ने ग्राहकहरुको मोटरसाईकल मर्मत तथा सर्भिस सुविधा दिने लक्ष्यका साथ घरदैलो कार्यक्रम “सर्वत्र सर्भिसम्” को सुभारम्भ काठमाडौं लगायत निम्न ६ ठाउँमा सो सुविधा संचालनमा ल्याएको छ ।

यो सुविधाले शहरमा नै आएर आफ्नो मोटरसाईकल मर्मत तथा सर्भिसिङ्ग गर्न नभ्याउने ग्राहकहरुको लागी आफ्नो मोटरसाईकल सरल सुलभ तरीकाबाट मर्मत संभार तथा सर्भिसिङ्ग गर्न सक्नेछन् । यस्मा कम्पनिको तालिम प्राप्त दक्ष मेकानिक संलग्न हुने हुंदा यस्को गुणस्तर कम्पनिको सर्भिस सेन्टरमा गरे सरह नै हुने कम्पनिले जनाएको छ । यो सर्भिस सुविधाले कार्यव्यस्तताले गर्दा समय अभावको कारण तोकिएको समय भित्र आफ्नो मोटरसाईकल सर्भिसिङ्ग गर्न नसक्ने ग्राहकहरुलाई आफ्नो घरदैलोमा सर्भिस सुविधा प्राप्त भई आफ्नो मोटरसाईकललाई हरदम स्वस्थ राम्रो कण्डिसनमा राख्न सहयोग पुग्ने विश्वास लिएको छ ।

कम्पनिले यो सेवा लिन चाहने सबै हिरो होण्डा तथा हिरोका ग्राहकहरुलाई यो सुविधा संचालन हुने आफ्नो नजिकको हिरो शोरुममा सम्पर्क गरी यो सुविधा लिन आग्रह गरीएको छ । कम्पनिले यो सेवा सुविधालाई आफ्नो नेपाल अधिराज्यभर रहेको अन्य विक्रि स्थलमा पनि छिट्टै बिस्तार गर्ने योजना बनाएको छ ।