9 Free Serviceमिति – २०७१-०४-२६

नेपाल अधिराज्यको लागी हिरो मोटरसााईकल तथा स्कूटरको अधिकृत विक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लि., ज्योति भवन, कान्तिपथ, काठमाडौंले विक्री वितरण गर्दै आएको मोटरसाईकल तथा स्कूटरमा यस अघि ग्राहकहरुले ६ वटा फ्रि सर्भिसिङ्ग र ५ वर्षको वारेण्टी सुविधा पाउने गरेकोमा यहि ११ अगष्ट २०१४ बाट विक्री वितरण हुने सबै हिरो मोटरसाईकल तथा स्कूटरमा ग्राहकहरुलाई सुविधा स्वरुप ३ वटा फ्रि सर्भिस सुविधा थप गरि अब जम्मा ९ वटा फ्रि सर्भिस सुविधा पाउने जानकारी कम्पनिले दिएको छ । यो सुविधा लिनको लागी ग्राहकले कम्पनिले तोकेको सर्भिस सम्बन्धि शर्तको पालना गर्नु पर्दछ । जस अन्तर्गत क्रमश ६ वटा फ्रि सर्भिसिङ्ग गरे पछि ७ औं, ९ औं र ११ औं पेड सर्भिस हुने छन् भने ८ औं, १० औं र १२ औं सर्भिस फ्रि हुने छन् ।