Cash Back Offer 2015मिति : २०७१-१०-१४

नेपालको लागी हिरोको एक मात्र आधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लि. ले नयाँ वर्ष सन् २०१५ को अवसरमा आप्mना ग्राहकहरु माझ ल्याएको HERO Cash Back Offer स्किम सन् २०१५ मा सहभागी भई हिरो मोटरसाईकल तथा स्कूटर खरिद गर्ने ग्राहकहरुको पहिलो लक्की ड्र नतिजा प्रकाशन गर्ने कार्य सम्पन्न भयो । जस अनुसार किर्तिपुर बस्ने श्री प्रकास महर्जनले कुपन नं. ५१ अन्तर्गत हिरो मोटरसाईकल मोडल सुपर स्पेलण्डर खरिद गरेकोमा पहिलो पुरस्कार स्वरुप उक्त मोटरसाईकलको सतप्रतिशत रकम फिर्ता प्राप्त गरेका छन्  । त्यस्तै कुपन नं. ९३३ र ४१७ अन्तर्गत हिरो मोटरसाईकल मोडल सुपर स्पेलण्डर र प्यासन प्रो खरिद गर्ने ग्राहक श्री दसि राम चौधरी, दाङ्ग र श्री विजय साह धनुषाले क्रमशः दोस्रो र तेस्रो पुरस्कार अन्तर्गत ७५% र ५०% रकम फिर्ता प्राप्त गरेका छन् । कम्पनिले तीनै जना ग्राहकलाई हार्दिक बधाई दिदैं आपूmले पुरस्कार स्वरुप प्राप्त गरेको रकम आपूmले खरिद गरेको मोटरसाईकलको बिलको कपि लिई यथाशिघ्र चाँडो कम्पनिको ज्योति भवन स्थित कार्यालयबाट संकलन गर्न सक्ने जानकारी कम्पनिले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । यस्तै दोस्रो लक्की ड्र को नतिजा पनि छिट्टै प्रकासन हुने जानकारी कम्पनिले दिएको छ । यो स्किम अन्तर्गत ग्राहकले मोटरसाईकल खरिद गर्दा न्यून्तम रु. ४,०००/– देखि अधिकतम र. ८,०००/– सम्म नगद छुट पाउने गरेका छन् ।