NBKNO - 7मिति – २०७१-०४-०९

नेपाल अधिराज्यको लागी हिरोको आधिकारीक विक्रेता श्री नेपाल जेनरल मार्केटिङ्ग प्रा. लि., ज्योति भवन, कान्तिपथ, काठमाडौंले नयाँ वर्ष २०७१ को उपलक्ष्यमा आफ्ना ग्राहकहरु माझ प्रस्तुतर गरेको “नयाँ वर्षको नयाँ अफर” स्किम अन्तर्गत दिल्लीबजार, काठमाडौं बस्ने श्री ईश्वर खड्गीले हिरोको टेकु स्थित शोरुम श्री एन.जी.एम. हिरो शोरुम, बुद्वबारीबाट हिरो स्पलेण्डर प्रो मोटरसाईकल खरिद गरेकोमा उक्त स्किम अन्तर्गत साप्ताहिक रुपमा लक्की ड्र गर्दा निजले रु. १ लाख पुरस्कार प्राप्त गरेकोमा एक कार्यक्रमको बिच एन.जी.एम. हिरो शोरुम, बुद्वबारीका प्रबन्धक श्रीमति रिता तुलाधरले विजेता ईश्वर खड्गीलाई हार्दिक बढाई दिंदै सो रकमको चेक हस्ताणतरण गरियो । यो स्किम अन्तर्गत यसरी रु. १ लाख पुरस्कार पाउने उनी सातौं व्यक्ति भएको जानकारी पनि कम्पनिले दिएको छ ।