NBKNO 2071मिति – २०७१-०१-०३

नेपाल अधिराज्यको लागी हिरो मोटरसाईकल तथा स्कूटरको आधिकारीक बिक्रेता श्री नेपाल जेनरल मार्केटिङ्ग प्रा. लि., ज्योति भवन, कान्तिपथ, काठमाडौंले नयाँ वर्ष २०७१ को उपलक्ष्यमा आफ्ना हिरो मोटरसाईकल तथा स्कूटरको प्रवद्र्घन गर्ने उद्घेश्यले आफ्नो ग्राहकहरुलाई सुविधा दिन “नयाँ वर्षको नयाँ अफरू स्किम” ल्याएको छ । उक्त स्किममा ग्राहकहरुले मोटरसाईकल किन्दा एउटा स्क्रेच कार्ड उपलब्ध गराउने छ, जस्मा भएको यूनिक कोड नं. सहित २०१० मा SMS गनुपर्ने छ । जस अन्तर्गत ग्राहकले रु. ५,०००/- देखि रु. १,००,०००/- सम्मको नगद छुट सुविधा पाउने छ ।

यस्को अलावा प्रत्येक हप्ता यो स्किममा सहभागी भएका ग्राहकहरु मध्ये १ जना ग्राहकलाई लकिं ड्र मार्फत रु. १,००,०००/- थप नगद पुरस्कार प्राप्त हुनेछ । कम्पनिका अनुसार यो स्किम सुविधा नगद तथा फाईनान्स खरिद दुवैमा उपलब्ध हुने र यो नेपाल अधिराज्य भरि रहेको आफ्ना ६८ वटा आउटलेटबाट यो सुविधा लिन सकिने र यो स्किम १ महिना सम्म चल्ने जानकारी पनि कम्पनिले दिएको छ ।