Splendor iSmart 2014मिति – २०७०-११-२६

नेपाल अधिराज्यको लागी हिरो मोटोकर्प लि., भारतको आधिकारीक विक्रेता श्री नेपाल जेनरल मार्केटिङ्ग प्रा.लि. ले आफ्नो नेपाल अधिराज्य भर रहेको डिलर नेटवर्क मार्फत नयाँ मोडल Splendor iSmart लाई आफ्ना ग्राहकहरुको माझ टेस्ट राईड कार्यक्रम संचालन गरि बजारमा ल्याएको छ । उक्त नयाँ मोटरसाईकल १०० सि.सि. भएको र यस्को प्रमुख विशेषताको रुपमा यो मोटरसाईकल ट्राफिक जाममा रोकिनु पर्दा आफै स्वतः स्टार्ट बन्द हुने कारण अनावश्यक रुपमा खपत हुने इन्धनको बचत हुने भएकोले वातावरणलाई कम हानि पुर्याउने र नयाँ 3 tone ग्राफिक डिजाईन र नयाँ लुक्सको साथमा ट्यूब लेस टायर, सुरक्षाको लागी साईड स्टेण्ड इन्डिकेटर, ब्रेकिङ्ग क्षमता राम्रो गर्न GTR ब्रेकिङ्ग सिष्टम र बाईकलाई चोरी हुन बाट बचाउन मेन स्टेण्डमा लकं लगाउने प्रावधान भएकोले नेपाली उपभोक्ता माझ यो मोडल लोकप्रिय हुने कम्पनिले दावि गरेको छ । हाल यस्को विक्री मूल्य भ्याट सहितको रु. १,५१,००० रहेको र यो ४ वटा रङ्ग (Sports Red, Leaf Green, Excellent Blue, Heavy Grey) मा उपलब्ध छन् ।