प्रेस विज्ञप्ती

काठमाडौं, २०७६ वैशाख ३ गते

देशकै पहिलो फेमिली स्कूटर डेस्टिनि १२५ बजारमा

विश्वकै सर्वाधिक ठूलो टू–ह्वीलर निर्माता हिरो मोटरकर्प लि.ले आज एक कार्यक्रम बीच i3S प्रविधि सहितको फेमिली स्कूटर – डेस्टिनि १२५ सार्वजनिक गरेको छ ।

अत्यन्त शक्तिशाली र विशेष गुणहरुले सम्पन्न डेस्टिनी १२५ को प्रस्तुतीले हिरो मोटरकर्पले नेपालमा आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउँदै लैजाने कम्पनीले जनाएको छ ।

भारतमा बिक्री सुरुगरेको केही महिनामै नेपालमा समेत यस स्कुटरको बिक्रिवितरण सुरु हुनुले नेपाली बजारलाई कम्पनीले दिएको उच्चप्राथमिकता स्पष्ट झल्किन्छ ।

हिरो मोटरकर्पको यसअघिका ३ वटा स्कूटरहरु – १०० सिसि प्लेजर, ११० सिसि माइष्ट्रो एज् र ११० सिसि डुयट्, स्कूटर सेगमेन्टमा बलियो उपस्थितीमा रहेका छन् । । यसका अतिरिक्त डेस्टिनि १२५ समेत थपिनाले तीव्र गतिमा विस्तार भैरहेको १२५ सिसिको स्कूटर बजारमा समेत आफ्नो उपस्थिति जनाएको छ ।

डेस्टिनि १२५ को VAT सहितको मुल्य रु.२०६,०००/- कायम गरिएको छ । यो स्टाइलिस नयाँ स्कूटर यही वैशाख ४ गतेदेखि देशभर रहेका हिरोमोटर साइकलका शोरुमहरुमा उपलब्ध हुनेछ ।

बिक्री शुभारम्भ समारोहलाई सम्बोधन गर्दै हिरो मोटरकर्प, ग्लोबल बिजनेस, स्ट्राट्जी एण्ड पर्फमेन्स ट्रास्फर्मेसन प्रमुख श्री रजत भार्गभले भन्नुभयो– “हाम्रो लागि नेपाल एक अत्यन्त महत्वपूर्ण विश्वबजार हो । केवल केहीवर्षको अन्तरालमा हामीले यहाँको टू–ह्वीलरको बजारलाई आफ्नो पकडमा ल्याउन सफलभएका छौं र अहिले हामी १०० सिसि र १२५ सिसिको मोटरसाइकल सेगमेन्टमा अग्रस्थानमा रहेका छौं । अबको लक्ष्य भनेको स्कूटर सेगमेन्टमा हाम्रो उपस्थितिलाई व्यापक बनाउनु हो । भारतमा बिक्रीखुला गरेसँगैं डेस्टिनि १२५ ले धेरैको ध्यान आकृष्ट गर्न सफलभएको छ र हामी विश्वस्त छौं कि ‘डेस्टिनि १२५‘ भविश्य उज्वल रहने छ ।”

डेस्टिनि १२५

स्टाइल, पावर र प्रविधिमा विशेष संयोजन रहेको नयाँ डेस्टिनि १२५ नेपालको पहिलो र एकमात्र फेमिली स्कूटर हो, जसमा हिरोको प्रविधिमा आधारित अत्यन्त क्षमतावान् i3S (आइडल स्टप–स्टार्ट–सिस्टम) जडान गरिएको छ ।

सशक्त यात्रा

डेस्टिनि १२५ को Power 8.7 bhp @ 6,750 rpm, 10.2 Nm @ 5,000 rpm को शक्तिशाली इन्जिनबाट प्राप्त गर्दछ ।

स्मार्ट प्रविधि

स्कुटर सेगमेन्टमा पहिलो पटक डेस्टिनि १२५ मा माइलेजको लागि हिरोको आविष्कार i3S जडान गरेको छ । यसमा अझ थप विशेषताहरु – डिजिटल एनलग स्पिडोेमिटर , साइड स्ट्याण्ड इन्डिकेटर र सर्भिस ड्यू रिमाइण्डर पनि रहेका छन् ।

सुविधादायक एवं सुरक्षित

बाहिरबाटै इन्धनभर्ने प्रणाली, रिमोटबाट साँचो खोलिने, मोबाइलचार्ज गर्ने मिल्ने र बूट लाइट यसमा भएको विशेष सुविधाहरु हुन् । साथै स्कूटरमा भएको टेलिस्कोपिक सस्पेन्सन र एकीकृत ब्रेकिङ्ग प्रणालीले (IBS) आरामादायि यात्राकोे अनुभूति दिलाउँछ ।

प्रिमियम स्टाइल

परिवारलाई लक्ष्ति यस स्कुटरले कामकाजी युवापुस्तालाई समेत आकर्षित गर्ने लक्ष्य लिएको छ । डेस्टिनि १२५ आधुनिक र प्रिमियम स्कूटरको चाहनालाई पुरागर्न सम्पूर्ण रुपमा स्टाइलमय प्याकहरुले सुसज्जित छ । जसमा प्रिमियम बडी, सिग्नेचर टेल लाइट, र विङकर बत्ती, स्टाइलिस काष्ट पाङ्ग्रा , बडी रङ्गको ऐनाहरु र डुयल टोन सिट कभर समाविष्ट छन् । नयाँ डेस्टिनि १२५ Noble Red, Chestnut Bronze, Pearl White र Panther Blackमा उपलब्ध हुनेछ ।