Cash Ma Cash 2014मिति – २०७१-०५-१८

नेपाल अधिराज्यको लागि हिरो मोटरसाइकल तथा स्कुटरका आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रा. लि., ज्योति भवन, कान्तिपथ, काठमाडौंले, हिरो मोटरसाईकल तथा स्कुटरको बिक्रि प्रबर्धन गर्ने उद्घेश्यले दशैं तिहार २०७१ को उपलक्ष्यमा “Cash मा Cash Offer” स्किम ल्याएको छ । उक्त स्किममा ग्राहकहरुले मोटरसाईकल खरिद गर्दा एउटा स्र्केच कार्ड उपलब्ध गराइने छ, जसमा भएको यूनिक कोड नम्बर र आफूले खरिद गर्ने निश्चित भएको मोटरसाईकल/स्कूटरको दर्ता नम्बर सहित खरिद कर्ता ग्राहकले आफ्नो मोवाईलबाट ७७२२ नम्बरमा SMS गर्नुपर्ने छ । यस अन्तर्गत ग्राहकहरुले न्युनतम रु. ४,०००/– देखि रु. १,००,०००/– सम्मको नगद छुटको सुबिधा पाउने छन् ।

यसको अलावा स्किम अवधि भर हरेक हप्ता प्रत्येक मो.सा./स्कूटर खरिदकर्ता ग्राहकलाई लक्की ड्र गरि थप उपहार स्वरुप १ जना विजेता ग्राहकलाई रु. १ लाख नगद पुरस्कार प्रदान गरिने छ । कम्पनीका अनुसार यो स्किम सुबिधा नगद तथा फाईनान्स खरिद दुबैमा उपलब्ध हुने र यो नेपाल अधिराज्य भरि रहेको आफ्ना ६८ वटै आउटलेटबाट लिन सकिने छ । यो स्किम २ महिना सम्म चल्ने जानकारी कम्पनीले दिएको छ ।