5 Year Warranty 2014मिति – २०७०-०९-२६

नेपालको लागी हिरो मोटरसाईकलको आधिकारीक विक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लि., ज्योति भवन, कान्तिपथ, काठमाडौंले आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्घेश्यले सबै हिरोका बाईकहरुमा ५ वर्ष वारेन्टी सुविधा प्रदान गर्न लागेका छौं । यस्तो सुविधा दिने २ पाँग्रे कम्पनिहरु मध्ये हामी पहिलो कम्पनि हो । हाल सम्म यस्तो सुविधा अरु कुनै २ पाँग्रे कम्पनिहरुले दिने गरेको छैन् ।

हामीलाई हाम्रो मोटरसाईकलको गुणस्तर तथा प्रवधिमा विश्वास भएर नै हामी दुई पाँग्रे क्षेत्रमा ५ वर्ष वारेन्टी दिने संसार कै पहिलो कम्पनि भएका छौं । हामीले यो वारेन्टी सुविधा दिएकोले हाम्रो मोटरसाईकलको टिकाउपन र यस्को लामो आयु रहेको प्रमाणित गर्दछ ।

हाल हिरोका बाईकहरु विश्व सडकमा ५ करोड गुडिरहेका छन् । कम्पनिले आफ्नो मोटरसाईकलमा तपशिल बमोजिमको विशेषताहरु – अद्घितिय माईलेज, भरपर्दो विश्वसनियतता, बेजोड तथा आकर्षक बनावट, किफायति संचालन र रेखदेख, तथा उच्चतम पुनविक्री मुल्य रहेको दावी गरेको छ ।

यो ५ वर्षको वारेन्टी सुविधा १० जनवरी २०१४ बाट विक्री भएका सबै हिरो मोटरसाईकलहरुमा लागु हुनेछ । यस्का केहि शर्तहरु हुने छन् । जसमध्ये मोटरसाईकलको लागी ७०,००० कि।मी तथा स्कुटरको लागी ५०,००० कि.मी मध्ये जुन पहिलो हुन्छ सोहि अनुसार हुनेछ । यो ५ वर्ष वारेन्टी सुविधा आफ्नो नेपाल अधिराज्य भर छरीएर रहेको ६५ वटा सर्भिस सेन्टरबाट प्राप्त गर्न सक्ने जानकारी कम्पनिले दिएको छ ।

ग्राहकले यो सुविधा उपयोग गरीसकेपछि आफ्नो मोटरसाईकललाई हर समय राम्रो अवस्था राख्न मद्घत पुग्न गई आफ्नो मोटरसाईकलको पुनविक्री मुल्य झन् उच्च प्राप्त गर्ने अवसर प्राप्त हुने भएकोले मोटरसाईकल प्रयोग गर्न चाहने ग्राहकहरुको पहिलो रोजाई हिरो मोटरसाईकल हुने कम्पनिले विश्वास लिएको छ ।