13DSNOBCमिति – २०७१-०३-१३

नेपाल अधिराज्यको लागी हिरो मोटरकर्प लि., भारतको आधिकारीक विक्रेता श्री नेपाल जेनरल मार्केटिङ्ग प्रा. लि, ज्योति भवन, कान्तिपथ, काठमाडौंले १३ औं धर्मश्री २०७१ राष्ट्रिय व्यापी खुल्ला शारीरिक सुगठनको कार्यक्रमको मुख्य प्रायोजन गरेको छ । उक्त कार्यक्रम यहि मिति २०७१ आषाढ २० बाट संचालन भई मिति २०७१ आषाढ २१ का दिन प्रज्ञाभवनमा फाईनल कार्यक्रम सम्पन्न हुने भएको छ ।

कम्पनिको मूख्य काम व्यापार भए पनि समाजमा हुने विविध सामाजिक कार्यमा आपूmलाई पनि सामेल गराई सामाजिक कार्य गर्ने इच्छा हुने हुंदा दैनिक जीवनमा नभई नहुने व्यायाम, जस्ले शरीरलाई स्वस्थ, फुर्तिलो तथा सुगठन बनाउने कार्यमा टेवा तथा सहयोग गर्ने खेलको आयोजना एउटा पुरानो संगठन श्री नेपाल व्यायाम मन्दिर, ज्याठाले आयोजना गर्न लागेको उक्त १३ औं धर्मश्री २०७१ राष्ट्रिय व्यापी खुल्ला शारीरिक सुगठनको मुख्य प्रायोजक हुन पाएकोमा हामी निकै खुशी छौं । हामीले यो क्रार्यक्रम यो समेत लगातार ३ पल्ट सम्म प्रायोजन गरिसकेका छौं । यस्तो कार्यक्रमले यस्मा संलग्न हुने सबै खेलाडिहरुलाई अनुसाशनमा रहनु पर्ने सिकाउने र खेलाडिहरुले आपूmमा भएको प्रतिभा प्रस्तुत गर्ने मौका दिने हुंदा यस्तो कार्यक्रम भइरहनु राम्रो हो भन्ने जानकारी कम्पनिले दिएको छ ।